नियम १२
कोषको सञ्चालन
(१) समितिको कोषको नाममा प्राप्त हुन आउने रकम समितिले तोकेको वाणिज्य बैकमा जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको कोषको सञ्चालन केन्द्रीय समितिको हकमा केन्द्रीय समितिको सदस्य–सचिव र कुनै एक सदस्य वा समितिको कर्मचारीको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुनेछ र जिल्ला समितिको हकमा जिल्ला समितिको अध्यक्ष र कुनै एक सदस्य वा समितिको कर्मचारीको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुनेछ ।